बजार अनुगमनले डडेल्धुराका व्यापारी सचेत

dream cafe
learnar

डडेल्धुरा : पटकपटक गरिएको बजार अनुगमनको प्रभावले व्यापारीहरूमा चेतना आएको पाइएको छ।

शुक्रबार घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराका प्रमुख केशवसिंह भण्डारीको नेतृत्वमा परशुराम नगरपालिका–१२ स्थित लालढुंगा बजारमा गरिएको अनुगमनका क्रममा व्यापारीहरूमा सुधार देखिएको हो।

Amargadhi Education

अनुगमनका क्रममा म्याद सकिएका वस्तुको विक्री वितरणमा कमी आएको, व्यवसाय दर्ता तथा नविकरण, नापतौल, अन्तशुल्क, खरिद बिल व्यवस्थापन, उत्पादन स्थलको सरसफाइ लगायतका पक्षमा उल्लेखनीय सुधार देखिएको प्रमुख भण्डारीले जानकारी दिए।

उनका अनुसार होटल तथा चिया नास्ता पसलहरूमा अझै पनि सरसफाइमा कमी देखिएको छ भने केही पसलहरूमा बिलिङ प्रणाली अपनाइएको थिएन।

अजयमेरु फाैजी केरा

उनले विगतमा सुझाव दिनुपर्ने अवस्था भए पनि यसपटकको अनुगमनमा धेरै क्षेत्रमा सुधार भएको बताए।

त्यस्तै, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय डडेल्धुराका प्रमुख राजेन्द्र घिमिरेले उपभोक्ताको हितलाई ध्यानमा राखी बजार अनुगमन गरिएको जानकारी दिए।

उनले निरन्तर अनुगमनले व्यापारीहरू सचेत बन्दै गएका र बजारमा सकारात्मक प्रभाव देखिएको बताए।

शुक्रबारको अनुगमनमा किराना, होटल, डेरीसहित कुल २२ वटा पसलहरू निरीक्षण गरिएको थियो।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.