सप्तकोसीमा वेपत्ता डोटीका सुरज अझै फेला परेनन्

dream cafe
learnar

धनगढी : विपद् उद्धार अभ्यासका क्रममा सप्तकोसी नदीमा डोटीकाबेपत्ता भएका डोटीका सुरज साउदको खोजी कार्य जारी रहेको छ।

बिहीबार भएको उक्त अभ्यासका क्रममा सशस्त्र प्रहरी बलका दुई जना अधिकारी नदीमा वेपत्ता भएका थिए।

बोहरा मेडिको सेन्टर
GBL NEW

तीमध्ये दन्तकाली विशेष कार्यतालिम शिक्षालय, सप्तरीमा कार्यरत हरेदेव राजवंशीको शव शुक्रबार सप्तकोसीको किनारमा फेला परिसकेको छ।

तर डोटी निवासी सुरज साउद अझै पनि बेपत्ता छन्।

जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाका अनुसार सशस्त्र प्रहरी बलका गोताखोर तथा विपद् व्यवस्थापन तालिमप्राप्त टोली परिचालन गरी खोजी कार्य तीव्र रूपमा अगाडि बढाइएको छ।

सुरज साउदको सकुशल उद्धारको अपेक्षा गरिएको छ भने घटनाले सशस्त्र प्रहरी बलभित्रको जोखिमपूर्ण तालिम प्रक्रिया प्रति पनि चासो पैदा गराएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.