Alisa pant

कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

learnar

धनगढी : कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

Ghatal Sta

प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार सोमबार राति घोडाघोडी नगरपालिका–३ मा सुपप्र ०१–००९ प ८४५२ नम्बरको मोटरसाइकलले सोही ठाउँ बस्ने पैदलयात्री ५५ वर्षीय मानबहादुर चौधरीलाई ठक्कर दिएको थियो ।

Ird

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको घोडाघोडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक २५ वर्षीय भरतबहादुर बम पनि दुर्घटनामा घाइते भएका छन् ।

उनको घोडाघोडी अस्पतालमा उपचार भइरहेको र मोटरसाइकल पछाडि सवार २४ वर्षीय लक्ष्मणबहादुर सिमलालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

Ddl dental
kirsi Gyan
Jalsrot
Leave A Reply

Your email address will not be published.