काँग्रेस निकट लोकतान्त्रिक निर्माण व्यवसायी संघ डडेल्धुराको अध्यक्षमा झुकाल

dream cafe
learnar

डडेल्धुरा : नेपाली कांग्रेस निकट लोकतान्त्रिक निर्माण व्यवसायी संघ डडेल्धुराको प्रथम जिल्ला भेला तथा अधिवेशन शनिबार सम्पन्न भएको छ।

अधिवेशनले दुर्लभ झुकालको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो।

बोहरा मेडिको सेन्टर
GBL NEW

नवगठित कार्यसमितिमा उपाध्यक्षमा रामबहादुर बिष्ट र तारादत्त पनेरू चयन भएका छन् भने महासचिवमा सुरेश पाण्डे नियुक्त भएका छन्।

विक्रम बिष्ट र हर्षबहादुर भाट उपमहासचिवमा चयन भए। यस्तै, कोषाध्यक्षमा सुनिल ठकुराठी र सह-कोषाध्यक्षमा बलराम पनेरू चयन भएका छन्।

सदस्यहरूमा भवानीदत्त अवस्थी, सन्तोषकुमार खड्का, बलबहादुर गुरुङ, लोकेन्द्र गुरुङ, बसन्ती भण्डारी, हरिसिंह भण्डारी, टेकबहादुर साउद र निर्मला बोगटी रहेका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.