अमरगढीले जित्यो १५औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि

dream cafe
learnar

डडेल्धुरा :  डडेल्धुरा जिल्लास्तरीय १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा अमरगढी नगरपालिकाले उपाधि जितेको छ।

शनिबार टुँडिखेलमा सम्पन्न उक्त प्रतियोगितामा अमरगढीले १९ स्वर्ण, १६ रजत र १२ कास्य पदक जित्दै शिल्ड हात पारेको हो।

GBL NEW

प्रतियोगितामा परशुराम नगरपालिका दोस्रो स्थानमा रह्यो। परशुरामले पनि १९ स्वर्ण पदक जितेको भए तापनि कम रजत पाएपछि दोस्रो भयो।

छात्र भलिबल फाइनलमा परशुरामको टिम फर्जी खेलाडी खेलाएको पाइएको हुँदा डिस्क्वालिफाइ गरिएको थियो।

त्यसपछि भएको फाइनल खेलमा अमरगढी र गन्यापधुरा गाउँपालिकाबीच प्रतिस्पर्धा भयो, जसमा गन्यापधुराले २–१ को सेटमा अमरगढीलाई हराउँदै स्वर्ण पदक जित्यो।

आलिताल गाउँपालिकाले तेस्रो स्थान हासिल गरेको छ भने अन्य स्थानहरूमा अजयमेरु, गन्यापधुरा, नवदुर्गा र भागेश्वर रहेका छन्।

प्रतियोगितामा छात्र–छात्रा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँतेलगायत खेल समावेश थिए। जिल्लाका सातवटै स्थानीय तह सहभागी थिए।

उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउने मौका पाउनेछन्।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा जेठ ६ गतेदेखि सुरु भएको प्रतियोगिता शनिबार सकिएको हो।

Ddl dental
Leave A Reply

Your email address will not be published.