
अछाम : अछाममा बहुविवाह मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मंगलसेन नगरपालिका–१४ का रमेश भण्डारी रहेका छन् ।


उनलाई जिल्ला अदालत अछामले २०७७ असोज ५ गतेको फैसलामार्फत ११ महिना १७ दिन कैद र १० हजार जरिवानाको सजाय तोकेको थियो ।
अदालतको फैसला पछि फरार रहेका भण्डारीलाई लामो खोजीपछि नियन्त्रणमा लिन अछाम प्रहरी सफल भएको हो ।
जिल्ला प्रहरी कार्यालय अछाम तथा अस्थायी प्रहरी पोष्ट कालागाउँबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलसेन नगरपालिका–१४ स्थित कालागाउँबाट शुक्रबार साँझ ५ बजे पक्राउ गरेको हो ।
पक्राउ परेका भण्डारीलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत अछाममा पेश गर्ने तयारी भइरहेको अछाम प्रहरीले जनाएको छ ।


