२३ जना उपसचिवको सरुवा, लम्साललाई पठाइयो डडेल्धुरा

dream cafe
learnar

डडेेल्धुरा : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार २३ जना उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ।

लोकसेवा आयोगको सिफारिसमा आन्तरिक प्रतियोगितामार्फत नियुक्त भई मन्त्रालयको अतिरिक्त समूहमा रहेका उपसचिवहरूको यो सरुवा गरिएको हो।

बोहरा मेडिको सेन्टर

सरुवा गरिएकामध्ये १९ जनालाई विभिन्न जिल्लाको जिल्ला समन्वय समितिमा पठाइएको छ भने बाँकी ४ जनालाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको छ।

सोही क्रममा धर्मराज लम्साललाई डडेल्धुराको जिल्ला समन्वय समिति अन्तर्गत जिल्ला समन्वय अधिकृतका रूपमा पदस्थापन गरिएको छ।

GBL NEW

उनी लामो समयदेखि प्रशासनिक सेवा अनुभवसहित मन्त्रालयको अतिरिक्त समूहमा कार्यरत थिए।

अब उनले डडेल्धुरामा संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय कायम गर्न, विकास आयोजना अनुगमन गर्न तथा प्रशासनिक व्यवस्थापनलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन्।

लम्सालसँगको अनुभव र कार्यदक्षता डडेल्धुरा जिल्लाको समन्वय र सुशासनमा थप टेवा पुग्ने विश्वास गरिएको छ।

सरकारले गरिरहेको कर्मचारी व्यवस्थापनको क्रममा आएको यो सरुवालाई स्थानीय तहमा सेवा प्रवाह प्रभावकारी बनाउने प्रयत्नको रूपमा हेरिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.