डडेल्धुरामा स्वर्णको होडमा राष्ट्रपति रनिङ शिल्डमा लफडा !

learnar

डडेल्धुरा : डडेल्धुरामा जारी १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विवादमा तानिएको छ।

टुँडिखेलस्थित खेलमैदानमा बिहीबार छात्र भलिबलको फाइनल खेल हुनुपर्ने थियो, तर ‘फर्जी खेलाडी’ को आरोपसँगै खेल अनिश्चितकालका लागि स्थगित भएको छ।

Ird

विवादको केन्द्रमा परशुराम नगरपालिकाका एक खेलाडी छन्।

जसलाई अमरगढी नगरपालिकाले “पालिकास्तरीय प्रतियोगिता नखेलेको” भन्दै अस्वीकार गरेको हो।

अमरगढीका अनुसार ती खेलाडी बिना छनोट प्रक्रिया सिधै जिल्ला प्रतियोगितामा सहभागी गराइएको छ।

उता, परशुराम नगरपालिकाले सबै प्रक्रिया पूरा गरेर खेलाडी मैदानमा उतारिएको दाबी गर्दै आएको छ।

Ghatal Sta

विवादको असर प्रतियोगिताको नै साखमा परेको देखिन्छ। निर्णायक र आयोजकले विवाद समाधान गर्न नसक्दा सयौँ दर्शक निराश हुँदै फर्किन बाध्य भए।

फाइनल खेल चार घण्टासम्म पर्खाइमा रहँदा पनि निष्कर्ष ननिस्केपछि खेल स्थगित गरिएको हो।

यो विवादको चपेटामा सबैभन्दा ठूलो प्रश्न भने ‘खेलकुदको पारदर्शिता र प्रक्रिया’ माथि उठेको छ।

यदि आरोप पुष्टि भए, खेलकुद प्रतिस्पर्धामा देखिएको बेथिति गम्भीर मुद्दा बन्न सक्छ।

यसले भविष्यमा खेलाडी छनोटमा हुने प्रक्रियाको पुनरावलोकन आवश्यक भएको संकेत गरेको छ।

अझ रोचक पक्ष के छ भने, अमरगढी र परशुराम दुवैले हालसम्म समान १९ स्वर्ण पदक जितेका छन्।

छात्र भलिबलको यही फाइनल खेलबाट समग्र विजेता टुंगो लाग्नेछ। परशुरामले तेस्रोपटक उपाधि हात पार्न चाहेको छ भने अमरगढी पहिलोपल्ट शिल्ड उचाल्ने संघर्षमा छ।

Ddl dental
kirsi Gyan
Jalsrot
Leave A Reply

Your email address will not be published.