फेसबुकमा स्टाटस लेखेको भन्दै माेहन्यालका अध्यक्षले खाइदिए पिउनको जागिर

dream cafe
learnar

कैलाली : कैलालीको मोहन्याल गाउँपालिकाले आफ्ना एक कर्मचारीलाई सामाजिक सञ्जालमा गरेको टिप्पणीका कारण सेवाबाट हटाएको छ।

कार्यालय सहयोगी अशोक थापामाथि गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायविरुद्ध फेसबुकमा आपत्तिजनक टिप्पणी गरेको आरोप लागेको हो।

GBL NEW

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुपेश शर्मा बरालका अनुसार थापाले वैशाख २४ गते फेसबुकमा अध्यक्ष उपाध्यायबारे आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै जेठ ४ गतेको निर्णयअनुसार उनलाई सेवाबाट अवकाश दिइएको हो।

बरालका अनुसार सो प्रकरणबारे थापासँग लिखित स्पष्टीकरण मागिएको थियो तर उनले कुनै जवाफ नदिएकोले सेवा समाप्तिको निर्णय गरिएको हो।

तर, उनले के लेखेका थिए भन्ने विषयमा गाउँपालिकाले सार्वजनिक रूपमा जानकारी दिएको छैन।

Ddl dental
Leave A Reply

Your email address will not be published.