दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

dream cafe
learnar

काठमाडौं : शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ।

शिक्षामन्त्री रघुजी पन्तले सदनमा सहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए। उक्त विधेयक सर्वसम्मत पारित भएको हो।

बोहरा मेडिको सेन्टर

यसअघि १३ चैतमा प्रतिनिधिसभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले विधेयक पारित गरेको थियो।

शिक्षामन्त्री पन्तका अनुसार दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा दुई जना सहकुलपति रहनेछन् ।

GBL NEW

विश्वविद्यालयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री र स्वास्थ्य तथा जनसंख्यामन्त्री सहकुलपति हुनेछन्।

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुनेछन्। तर, कुलपतिको भूमिका दीक्षान्त समारोहको अध्यक्षतामा मात्रै सीमित रहनेछ।

यसबाहेक विश्वविद्यालयको पदाधिकारीमा उपकुलपति, रजिस्ट्रार, डिन, प्रिन्सिपल र अस्पताल निर्देशक रहनेछन्।

विश्वविद्यालयमा विश्वविद्यालयको सर्वोच्च निकायको रूपमा एक सभा रहनेछ।

सभाको अध्यक्ष शिक्षा हेर्ने सहकुलपति (शिक्षामन्त्री) रहनेछन्। उपाध्यक्षमा स्वास्थ्य हेर्ने सहकुलपछि स्वास्थ्यमन्त्री रहनेछन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.