लोकतन्त्रको अभ्याससँगै नयाँ सुरुवात : आइन्स्टाइन पब्लिक स्कुलमा विद्यार्थी नेतृत्व चयन

dream cafe
learnar

डडेल्धुरा : आइन्स्टाइन पब्लिक स्कुल, अमरगढी–५ डडेल्धुराले विद्यार्थीहरूमा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विद्यालय उपप्रमुख, सदन प्रमुख तथा सदन उपप्रमुख पदमा लोकतान्त्रिक निर्वाचन सम्पन्न गरेको छ।

विद्यार्थीहरूले आफैं मतदानमार्फत आफ्ना प्रतिनिधिहरू चयन गर्ने यो प्रक्रिया उनीहरूका लागि लोकतन्त्रको व्यावहारिक अनुभव बन्न पुगेको छ।

Amargadhi Education
अजयमेरु फाैजी केरा

निर्वाचनबाट निर्वाचित विद्यार्थीहरूको नाम सार्वजनिक गरिएको छ भने विद्यालय प्रमुख विद्यार्थी सर्वसम्मत रूपमा चयन गरिएको विद्यालय प्रशासनले जानकारी दिएको छ।

विद्यालय संयोजक सन्तोष बोहराका अनुसार यस्ता गतिविधिहरूले नेतृत्व विकास, उत्तरदायित्वको भावना र लोकतान्त्रिक मूल्यप्रति आस्था जागृत गराउँछन्।

“नेता बन्ने मात्र होइन, नेतृत्व बुझ्ने र व्यवहारमा उतार्ने क्षमता विकास गर्नु नै यस अभ्यासको उद्देश्य हो,” संयोजक बोहराले बताए।

विद्यालयले आगामी दिनहरूमा पनि यस्ता सिर्जनात्मक र शिक्षामूलक अभ्यासहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.