डडेल्धुरा मेडिकल कलेजमा पढाइ सुरु

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरा मेडिकल कलेजमा पढाइ सुरु भएको छ।

आज (मंगलबार) देखि सुदूरपश्चिम विश्वविद्यालय मातहत रहेको मेडिकल कलेजमा पढाइ सुरु भएको हो। कलेजले बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्नोलोजी) सञ्चालनको अनुमति पाएसँगै कक्षा सञ्चालन गरेको मेडिकल कलेजका डिन डा. हेमनाथ जोशीले जानकारी दिए।

Amargadhi Education
अजयमेरु फाैजी केरा

उनका अनुसार १० जनाको कोटा पाएकोमा अहिलेसम्म ८ जना विद्यार्थी भर्ना भएका छन्। आज भने तीन जना विद्यार्थी उपस्थित रहेका थिए। मेडिकल कलेज सञ्चालन हुनु खुसीको खबर भएको डडेल्धुरा अस्पतालका निमित्त मेसु डा। सन्तोष गुप्ताले जानकारी दिए।

उनले सुदूरपश्चिम विश्व विद्यालयले देखाएको अठोटका लागि धन्यवाद समेत दिए। आगामी तीन वर्षमा एमबीबीएस पढाइ सुरु गर्ने अठोट व्यक्त गरे। डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले डडेल्धुरा मेडिकल कलेजको सपना बोकेर लागेको भएपनि आज साकार भएको बताए।

सरकारले डडेल्धुरा अस्पताललाई मेडिकल कलेजको रुपमा संचालन गर्ने घोषणा गरेपछि ५ वटा विषयको अध्यापन अनुमति मागिएको थियो।

तर, चिकित्सा शिक्षा आयोगले यसवर्ष भने बिएसी एमएलटी अध्ययनको अनुमति मात्रै दिएको थियो। एमबीबीएस पढाइ सुरु गर्न भने डडेल्धुरा अस्पताल कम्तीमा पनि तीन सय शय्यामा स्तरोन्नति हुन आवश्यक छ। अहिले अस्पताल एक सय शय्यामा चल्दै आएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.