हेपाहा प्रवृत्तिको झल्को : तल्लो दर्जाका प्रहरीमाथि निरीक्षकको दुर्व्यवहार

dream cafe
learnar

काठमाडौं : ट्राफिक प्रहरीले सर्वसाधारणलाई सडकमा मरणासन्न हुनेगरी कुटेको घटना सेलाउन नपाउँदै त्यस्तै प्रकृतिको अर्को भिडियो सार्वजनिक भएको छ।

यसपटक भने प्रहरीले प्रहरीलाई नै चड्कन हानेको भिडियो बाहिरिएको छ। पछिल्लो भिडियोमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) ले प्रहरी जवानलाई कुटेको देखिन्छ।

इन्स्पेक्टरले पहिले ती जवानलाई चड्कन लगाउँछन्। त्यसपछि पाखुरा समात्दै पिट्छन्। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।

सामाजिक सञ्जाल प्रयोगकर्ता कृष्ण थापाले कानुनको रक्षकद्वारा भएको उक्त गलत कार्यको विरोध गरेका छन्।

लेखेका छन्,‘प्रहरी जवानलाई लगाएर पैसा उठाउने अनि थाहा पाए भनेर बर्दीमा हात हाल्ने। कानुनको रक्षकले कानुन मिच्न पाउँदैन। जवान गलत भए प्रहरी ऐन नियमावलीअनुसार कारबाही गर्नुपर्छ। हात हाल्न पाइँदैन। दुवै जना पुलिसलाई कारबाही गर।’

त्यसैगरी, विकास खतिवडाले प्रहरीहरु अराजक बन्दै गएको बताएका छन्।

अजयमेरु फाैजी केरा

‘यति अराजक पुलिस ? यो दलालहरुले देशको सुरक्षा निकायलाई पनि माष्टर साहेबहरुलाई जस्तै झोले बनाए, कुटाई खाने साथी पाखुरा त ठूलै देखिन्छ त, लडाई देऊ न गर्दन भाँच्नेगरी’,उनले भनेका छन्।

तल्लो दर्जाका कर्मचारीहरुमाथि जहाँ पनि हेपाहा प्रवृत्ति कायम रहेको दिलबहादुर पुनको जिकिर छ।

‘राज्यमा साना पदका मान्छेहरुलाई जहाँ नि हेलाहा छ है। करोडौंको घूस खाएको देख्दैनन्, ठूलो पदको मान्छेले’,उनको भनाइ छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दीपक गिरीले प्रहरी कुटिएको घटना आजैको भएको बताए।

काठमाडौंको नागढुंगामा भएको सो घटनामाथि छानबिन भइरहेको जानकारी दिए।

भन्छन्,‘घटना आजकै हो। ट्राफिक प्रहरीले एक प्रहरीलाई कुटेका रहेछन्। उनीहरुको पहिचान खुलिसकेको छ। घटनाबारे अनुसन्धान भइरहेको छ।’

सर्वसाधारणलाई कुटेको भिडियो सार्वजनिक भएपछि केही दिनअघि मात्रै चार जना ट्राफिक प्रहरी कारबाहीमा परेका थिए।

Ddl dental
krisigyankendra new
Leave A Reply

Your email address will not be published.