भागेश्वर–४ मा मौरी पालन तालिम सुरु, किसानहरू उत्साहित

dream cafe
learnar

डडेल्धुरा : भागेश्वर गाउँपालिका–४ मा सोमबारदेखि मौरी पालनसम्बन्धी सात दिने सिप विकास तालिम सुरु भएको छ।

वडाभित्र मौरी पालन व्यवसाय गर्दै आएका १२ जना किसानहरुको सहभागितामा तालिम संचालन गरिएको हो।

बोहरा मेडिको सेन्टर

कृषक दिर्घराज जैसीले गत वर्ष ४५ वटा मौरी घारबाट ४ क्युन्टल मह उत्पादन गरेको अनुभव सुनाउँदै मौरीपालन व्यवसाय नगदी आम्दानीको भरपर्दो स्रोत भएको बताए।

“मेरो परिवारको सम्पूर्ण खर्च मह बेचेर चलेको छ,” उनले भने, “यो व्यवसाय सजिलो र लाभदायक पनि छ।”

GBL NEW

सहभागी अर्का किसान मोहन मालीले मौरीसँगको सम्बन्ध आत्मीय बनेको उल्लेख गरे।

“मौरी पालनमा लागेपछि मौरीसंग रमाउँछु,” मालीले भने, “म पेशाप्रति निकै खुसी र सन्तुष्ट छु।”

तालिम उद्घाटन कार्यक्रममा बोल्दै घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराका प्रमुख केशव सिंह भण्डारीले तालिमले किसानको जीवनस्तर उकास्न सहयोग गर्ने बताए।

“महको उत्पादन बढाउन सके बजारको अभाव छैन,” भण्डारीले भने, “कृषकलाई प्राविधिक सिप दिई व्यवसायिक बनाउन यस्ता तालिम प्रभावकारी हुन्छन्।”

तालिमले मौरीपालनलाई थप वैज्ञानिक र व्यवस्थित बनाउने अपेक्षा लिइएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.