
डडेल्धुरा : नेपाल बार एसोसिएसन डडेल्धुराको अध्यक्षमा तुलाराम बोहरा निर्विरोध निर्वाचित भएका छन्।

शुक्रबार भएको बारको १०औं जिल्ला अधिवेशनबाट बोहरा सर्वसम्मत अध्यक्ष भएका हुन्।
उपाध्यक्षमा गोविन्दराज जोशी, सचिव सुरेश थापा र कोषाध्यक्षमा आरती जोशी निर्विरोध चयन भएको डडेल्धुरा बारका निवर्तमान सचिव ओमप्रकाश साउदले जानकारी दिए।
साउदका अनुसार सदस्यमा मोहन पाठक, बिष्णु भट्ट, रोहित देउवा, हरी भट्ट, ओमप्रकाश साउद र युवराज जोशी चयन भएका छन् भने केन्द्रीय पार्षदमा पुष्पराज जोशी चयन भएका छन्।
