नेपाल बार एसोसिएसन डडेल्धुराको अध्यक्षमा बोहरा, अन्य पदमा को ?

dream cafe
learnar

डडेल्धुरा : नेपाल बार एसोसिएसन डडेल्धुराको अध्यक्षमा तुलाराम बोहरा निर्विरोध निर्वाचित भएका छन्।

GBL NEW

शुक्रबार भएको बारको १०औं जिल्ला अधिवेशनबाट बोहरा सर्वसम्मत अध्यक्ष भएका हुन्।

बोहरा मेडिको सेन्टर

उपाध्यक्षमा गोविन्दराज जोशी, सचिव सुरेश थापा र कोषाध्यक्षमा आरती जोशी निर्विरोध चयन भएको डडेल्धुरा बारका निवर्तमान सचिव ओमप्रकाश साउदले जानकारी दिए।

साउदका अनुसार सदस्यमा मोहन पाठक, बिष्णु भट्ट, रोहित देउवा, हरी भट्ट, ओमप्रकाश साउद र युवराज जोशी चयन भएका छन् भने केन्द्रीय पार्षदमा पुष्पराज जोशी चयन भएका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.