सुदूरपश्चिमका डीआईजी बिकको निर्देशन : असल आचरणका साथ काम गर्नुस्

dream cafe
learnar

धनगढी :  सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) डम्बरबहादुर बिकले राष्ट्र र नागरिकलाई सर्वोपरि राखी उच्च व्यावसायिक निष्ठाका साथ कर्तव्य निर्वाह गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन्।

उनले शुक्रबार प्रदेश प्रहरी गण धनगढीको निरीक्षण गर्दै उक्त निर्देशन दिएका हुन्।

अजयमेरु फाैजी केरा

उनले आपसी सद्भाव, सामूहिक भावना र असल आचरणलाई प्रहरी सेवाको आधार मान्दै सेवा प्रवाहमा इमान्दारिता र अनुशासनलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए।

डीआईजी बिकले संगठनको मिडिया नीति विपरीत सामाजिक सञ्जालको दुरुपयोग नगर्न, गैह्र व्यवसायिक आर्थिक क्रियाकलापमा संलग्न नहुन र प्रहरी आचरण विपरीत कुनै पनि गतिविधिमा नलाग्न चेतावनी दिए।

साथै बल प्रयोगको अवस्था आइपरेमा मानव अधिकारको सम्मान गर्दै व्यावसायिक रूपमा संयमित ढंगले कार्य सम्पादन गर्न निर्देशन दिँदै उनले प्रहरीको मानसिक तथा शारीरिक स्वास्थ्य जोगाउनुपर्नेमा जोड दिए।

उनले प्रहरी कर्मचारीका व्यक्तिगत वा व्यावसायिक समस्या तथा गुनासा सम्बन्धित निकायमा विधि र प्रक्रिया अनुसार प्रतिवेदन गर्न सकिने र संगठनले त्यसको यथोचित सम्बोधन गर्ने विश्वास पनि व्यक्त गरे।

Ddl dental
krisigyankendra new
Leave A Reply

Your email address will not be published.