भारत-पाक तनाव : सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे सुरक्षा निकायका प्रमुखसँग छलफल

dream cafe
learnar

कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायका प्रदेश स्तरीय प्रमुखसँग छलफल गरेका छन्।

अजयमेरु फाैजी केरा

भारत र पाकिस्तानबीच तनाव बढेपछि शुक्रबार मुख्यमन्त्री शाहले सुरक्षा निकायले अपनाइरहेको सतर्कताबारेमा छलफल गरेका हुन्।

Amargadhi Education

छलफलमा सीमा सुरक्षामा सतर्कताबारे मुख्य छलफल भएको बताइएको छ। यसबाहेक लागुऔषध नियन्त्रण र सीमा क्षेत्रमा सहज आवागमनका विषयमा छलफल भएको छ।

छलफलमा प्रदेश सरकारका मन्त्रीहरू, सचिवहरू, प्रमुख जिल्ला अधिकारीका नेपाल प्रहरीका प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) डम्बरबहादुर बिक, सशस्त्र प्रहरी बलका प्रदेश प्रमुख डीआइजी प्रदिपकुमार पाल, राष्ट्रिय अनुसन्धान विभाग सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख र जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख बालनरसिंह राणालगायत सुरक्षा अधिकारीहरू सहभागी थिए।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.