हाजिर भएको ९ दिनमै हेडक्वाटर तानिए डीएसपी केसी, कुटेका थिए सई

dream cafe
learnar

डोल्पा : जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख तथा प्रहरी नायव उपरीक्षक हेमबहादुर केसी हेडक्वार्टर तानिएका छन्।

डोल्पामा हाजिर भएको नौ दिनमै डीएसपी केसी प्रहरी प्रधान कार्यालय नक्साल तानिएका हुन्।

बोहरा मेडिको सेन्टर
GBL NEW

स्रोतका अनुसार उनले प्रहरी नायब निरीक्षक (सई) माथि हातपात गरेको आरोप छ।

उनी यही वैशाख १५ गते जिल्ला प्रहरी कार्यालय डोल्पामा हाजिर भएका थिए।

तर उनले हाजिर भएको आठ दिनमै मुद्दा फाँटमा पाँच वर्षदेखि कार्यरत सईलाई कुटपिट गरेको बताइएको छ। हेडक्वार्टरले घटना थाहा पाएको भोलिपल्टै उनलाई तानेको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.