पाकिस्तानको लाहोरमा ड्रोन हमलासहित जवाफी कारबाहीमा भारत

dream cafe
learnar

डडेल्धुरा : भारतले पाकिस्तानको आक्रमणको जवाफ फर्काउन सुरु गरेको छ।

पाकिस्तानको आक्रमणका बाद भारतले पाकिस्तानका प्रमुख शहर लाहोर र सियालकोटमाथि ड्रोन हमलासहित जवाफी कारबाही गरेको हो।

बोहरा मेडिको सेन्टर
GBL NEW

पाकिस्तानले भारतमाथि ड्रोन, मिसाइल र जंगी विमानद्वारा आक्रमण गर्ने प्रयास गरेको थियो, तर भारतको एयर डिफेन्स सिस्टमले ती सबै प्रयासहरू विफल बनाएको भारतीय सेनाको दाबी छ।

भारतले पाकिस्तानको तीन जंगी जहाजलाई नष्ट गरेको छ। जसमा एक एफ-16 र दुई जेएफ-17 विमान सामेल छन्।

पाकिस्तानका प्रमुख शहरहरूमा अहिले साइरनको आवाज र दहशतको माहोल रहेको छ, जसले क्षेत्रीय सुरक्षा र तनावको नयाँ अध्याय सुरू भएको सङ्केत दिएको छ।

भारतले पाकिस्तानसँग कुनै पनि प्रकारको आक्रमण सहन नहुने र आफ्नो सुरक्षाको लागि आवश्यक कदम चाल्ने कुरामा दृढ प्रतिवद्धता व्यक्त गरेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.