डडेल्धुरामा फलफूल प्रशोधन उद्योग सञ्चालन

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा फलफूल प्रशोधन उद्योग सञ्चालनमा आएको छ।

जिल्लाको अमरगढी नगरपालिका–३ मा जय घटाल बाबा फलफूल प्रशोधन उद्योग सञ्चालनमा आएको हो।

Ird

जिल्लाका बिभिन्न स्थानबाट जुनार, अमिलो, कागती सुन्तला जातका मौसमी फलफूलहरु संकलन गरि फलफूल प्लान्टमा प्रशोधनसहित गुणस्तरिय जुस उत्पादन गर्न लागेको उद्योग संचालक गणेशसिंह बिष्ट सेटीले जानकारी दिए।

‘चिल्ली सस, भेनेगर सस, पोटेटो सस, टमेटो सस लगाएतका ७ ओटा आइटम हामी उत्पादन गर्नेछौं। स्थानीय चिजलाई प्राथमिकता दिएर यहाँको स्थानीय ब्रान्डेड चिज खुवाउने हाम्रो लक्ष्य हो,’ उनले भने।

करिब एक करोड ७ लाख लगानीमा शुरु भएको फलफूल उद्योगमा कृषि ज्ञान केन्द्र डडेल्धुराको आधा रकम अनुदान र उद्यमीको आधा लगानी थियो।

HARDIK AGRo NEw

यो उद्योग उद्योग ललितमोहन भट्ट र बलदेव भट्टले सञ्चालनमा ल्याएका थिए। तर, उनीहरूले काम नगरेपछि उद्योग बन्द अवस्थामा रहेको थियो।

सञ्चालक भट्ट द्धयले पुँजी अभाव देखाउँदै सञ्चालनमा नल्याएपछि उहाँहरूकै निर्देशनमा आफूले सञ्चालनमा ल्याएको गणेश बताउँछन्। उद्योग अहिले आफ्नो नाममा नामसारी भएको समेत उनले जानकारी दिए।

‘उद्योगमा आवश्यक सामग्री प्राय सबै छन्। मलाई कसरी बनाउने भन्ने ज्ञान नभएर भारतबाट कालीगड ल्याएर आएको हुँ। सिकाउने क्रममा दुईलाख भारू उहाँलाई दिए,’ उनले भने, ‘सञ्चालन हुनु अगाडि मैले व्यक्तिगत ५/६ लाख खर्च गरिसकेको छु।’

कृषि ज्ञान केन्द्र डडेल्धुराका निमित्त कार्यालय प्रमुख खेमराज पनेरुले बन्द उद्योग सञ्चालनमा आउनु खुसीको कुरा भएको बताए।

‘यो राज्यको सम्पत्ती हो, यसले यो क्षेत्रको आर्थिक उन्नतीमाथि उठ्छ। र, फलफूलको क्षेत्र विस्तार हुन्छ। बजारको पनि सुनिश्चितता हुन्छ,’ उनले भने, ‘राज्यको अर्थतन्त्रमा पनि यसले सहयोग गर्दछ। रोजगारीको अवसर पनि सिर्जना गर्छ।’

बाहिरबाट सडेको जुसहरू यहाँ खानुपर्ने अवस्था रहेको बताउँदै उनले यो उद्योग सञ्चालन पश्चात यहाँका जनताले पौष्टिक चिजबस्तु उपभोग गर्न पाउने बताए।

स्थानीय स्तरमा उत्पादन भएको फलफूलले बजार नपाउँदा यहाँका किसानहरु मार्कामा पर्ने गरेका छन्। जिल्लामा उद्योग स्थापनापछि फलफूल कृषकहरु पनि बजारको समस्याबाट मुक्त हुने अपेक्षामा छन्।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.