नारा ठूला, साधन साना : जेठदेखि ननस्टप राजावादी

dream cafe
learnar

काठमाडौं : नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ ले आगामी जेठ १५ गतेदेखि चरणबद्ध आन्दोलनको घोषणा गरेको छ।

समितिले राजसंस्था पुनस्र्थापनाको लागि आन्दोलनमा होमिने जानकारी गराएको छ।

बोहरा मेडिको सेन्टर

आज आयोजित पत्रकार सम्मेलनमा संयोजक सुवेदीले हिन्दु राज्य र राजसंस्था पुनस्र्थापना नहुञ्जेलसम्म आन्दोलन नरोकिने बताए।

‘यो आन्दोलन शान्तिपूर्ण हुनेछ’, उनले भने, ‘अब हामी सानो दमनले स्थगित हुने आन्दोलनमा हैन, बलियो आन्दोलन गर्दैछौँ।’

GBL NEW

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले गणतन्त्रलाई भ्रष्ट व्यवस्थाको संज्ञा दिँदै यसको अन्त्य गर्न तन र मनबाट आन्दोलनमा उत्रिन कार्यकर्तालाई आह्वान गरेका छन्।

‘जेठ १५ गतेबाट तपाईंहरु घरबाट निस्कनुस्, सडकमा आउनुस्, यो एउटा साझा राष्ट्रवादी आन्दोलन हो, त्यसैले सबैलाई आन्दोलनमा सहभागि हुन आग्रह र निर्देशन दिन चाहन्छु’, उनले भने।

थापाले राजावादी समूहलाई एक हुन अपील पनि गरे।

मनमुटाव बिर्सन आग्रह गर्दै थपे, ‘राजसंस्थाको एजेण्डा बोक्ने सबैभन्दा ठूलो पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र (लिङदेन)जीले अबको आन्दोलनलाई अभिभावकत्व दिनुहुनेछ’।

साथै, जेठ १५ गते दिउँसो एक बजे मोटरसाइकल भाडामा लिएर भए पनि चाबहिल आउन आग्रह गरे।

पत्रकार सम्मेलनमा राजावादी कलाकार भनेर नाम कहलिएका कमेडियन सन्तोष पन्त पनि उपस्थित थिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.