नेकपा एस सुदूरपश्चिमले बुझायो प्रदेश सरकारलाई २१ बुँदे ज्ञापनपत्र

dream cafe
learnar

धनगढी: नेकपा(एकीकृत समाजवादी) सुदूरपश्चिमले प्रदेश सरकारलाई २१ बुँदे ज्ञापनपत्र बुझाएको छ।

सुदूरपश्चिमका कार्यवाहक मुख्यमन्त्री बहादुर सिंह थापालाई शुक्रवार पार्टीका पोलिट व्यरो सदस्य एब्म प्रदेश सह–इचार्ज दीर्घ सोडारीको नेतृत्वमा २१ बुँदे माग राख्दै ज्ञापन पत्र बुझाइएको हो।

बोहरा मेडिको सेन्टर
GBL NEW

पार्टीको केन्द्रीय निर्देशनअनुसार ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ का सन्दर्भमा प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाइएको छ।

सुदूरपश्चिम प्रदेशका समस्या, वस्तुस्थिति, बाटो, बिजुली, उत्पादन, कृषि, शिक्षा, स्वास्थ्य, खेलकुद, रोजगार, सुशासन, पारदर्शीता, जबाफदेहीता लगायतका विषयहरू ज्ञापन पत्रमा समेटिएको प्रदेश सचिव सुरेन्द्रमान कार्कीले बताए।

ज्ञापन पत्र बुझ्दै कार्यवाहक मुख्यमन्त्री बहादुर सिंह थापाले ज्ञापन पत्रमा समेटिएका जायज मागहरू सरकारले सम्बोधन गर्ने बताए।

उक्त कार्यक्रममा पार्टी केन्द्रीय सदस्य, प्रदेश कमिटीका सदस्य र कैलालीका पदाधिकारीहरूको सहभागीता रहेको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.