गन्यापधुरामा कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन उद्घाटन

dream cafe
learnar

डडेल्धुरा : ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाको सहयोगमा गन्यापधुरा गाउँपालिकामा निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

आज (बिहीबार) एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शंकर शाह र पालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले भवनको उद्घाटन गरेका हुन्।

बोहरा मेडिको सेन्टर
GBL NEW

अध्यक्ष कार्कीले केन्द्रको सञ्चालनमार्फत स्थानीय किसानहरूले प्रत्यक्ष लाभ लिन सक्ने र पशुपालन तथा कृषि उत्पादनमा वैज्ञानिक विधिको प्रयोग बढ्ने विश्वास व्यक्त गरे।

भवनले गन्यापधुरा क्षेत्रका कृषक तथा पशुपालकहरूलाई सेवा प्रवाहमा सहजता पुर्‍याउने अपेक्षा गरिएको उनले बताए।

Ddl dental
Leave A Reply

Your email address will not be published.