
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
निगम सञ्चालक समितिको बुधवार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलका साथै हवाई इन्धनको मूल्य घटाएको हो।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटेको छ भने डिजेल र मट्टितेलको मूल्य १ रुपैयाँ घटेको छ।
यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ २९ डलर प्रतिकिलो लिटर घटाइएको छ।
यससँगै अब काठमाडौँमा पेट्रोलको १५८ र डिजेलको १४५ रुपैयाँ कायम भएको छ।
बढेको मूल्य बिहीबारदेखि लागू हुने छ।
