बोहरा मेडिको सेन्टर

डडेल्धुराका शिवम र शान्तिश्रीको ‘राख मनैमा’ सार्वजनिक [भिडिओसहित]

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरा घर भएका गायक शिवम् भण्डारी र चर्चित गायिका शान्तिश्री परियारको स्वरमा रहेको नयाँ लोक–आधुनिक गीत ‘राख मनैमा’ सार्वजनिक भएको छ।

ललितपुरको प्राकृतिक सुन्दरता बोकेको लेले क्षेत्रका विभिन्न रमणीय स्थलहरूमा छायांकन गरिएको भिडियोमा मोडल दिवस नाथ र जुना विश्वकर्माले प्रमुख अभिनय गरेका छन्।

CNA

साथमा डेढ दर्जनभन्दा बढी कोरस कलाकारहरूको आकर्षक उपस्थिति रहेको छ, जसले गीतलाई थप जीवन्त बनाएको निर्माण पक्षले जनाएको छ।

गीतको शब्द दिवस नाथ र शिवम् भण्डारीले संयुक्त रूपमा लेखेका हुन् भने संगीत पनि शिवम् भण्डारीकै रहेको छ।

GBL NEW

प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको यस गीतमा श्याम स्वेत रसाईलीले संगीत संयोजन, मिक्सिङ र मास्टरिङको काम गरेका छन्।

भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् भने छायांकन नवराज उप्रेतीले गरेका छन्।

‘राख मनैमा’ मोडल दिवस नाथको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

निर्माण टोलीका अनुसार गीतले संगीतप्रेमीहरूलाई नयाँ स्वाद र प्रस्तुति दिने विश्वास गरिएको छ।

हेर्नुस् भिडिओ :

Ddl dental
Leave A Reply

Your email address will not be published.