कैलालीबाट हतकडीसहित फरार थुनुवा भारतमा पक्राउ, हवल्दार र जवान निलम्बित

dream cafe
learnar

धनगढी : कैलालीबाट हतकडीसहित फरार भएकी थुनुवा महिला भारतमा पक्राउ परेकी छिन।

शनिबार जिल्ला सरकारी वकिलको कार्यालयबाट फरार भएकी ५० वर्षीय मिना शाही दमाईलाई भारतको पलियाबाट पक्राउ गरिएको हो।

बोहरा मेडिको सेन्टर
GBL NEW

दमाईलाई पलियामा लुकेको अवस्थामा पक्राउ गरिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले बताए।

उनी मानव बेचबिखन मुद्दामा पक्राउ परेकी थिइन। म्याद थपका लागि सरकारी वकिलको कार्यालय ल्याइएका बेला दमाई भागेकी थिइन्।

हतकडीसहित थुनुवा भागेको घटनामा दुई जना प्रहरीलाई कारवाही गरिएको छ।

दमाईलाई म्याद थपका लागि लगेका प्रहरी सहायक हवल्दार चक्र अधिकारी र प्रहरी जवान लोकराज जोशीलाई निलम्बन गरिएको कैलाली प्रहरीले जनाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.