अजयमेरूमा २९० घण्टे सीप विकास तालिम

dream cafe
learnar

डडेल्धुरा : अजयमेरु गाउँपालिका रोजगार सेवा केन्द्रको सहकार्य तथा गुरुकुल इन्स्टिच्युट अफ टेक्निकल एजुकेशन प्रालि कञ्चनपुरको प्रविधिक सहयोगमा सञ्चालित ५० दिने (२९० घण्टे) सीप तथा क्षमता विकास तालिम सम्पन्न भएको छ।

आज आइतबार पालिका केन्द्र भद्रपुरमा एक कार्यक्रमका बीच सहभागीलाई सीप सिकेको प्रमाणपत्र दिएर कार्यक्रम सम्पन्न गरिएको हो।

बोहरा मेडिको सेन्टर
GBL NEW

“युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना” अन्तर्गत सञ्चालन गरिएको उक्त तालिममा विद्युत् (इलेक्ट्रिकल) र प्लम्बिङ सीपसँगै जीवन उपयोगी सीप विकाससम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो।

तालिममा जम्मा ४० जना सहभागी थिए।

समापन कार्यक्रममा बोल्दै पालिका अध्यक्ष उमेशप्रसाद भट्ट (विकास) ले तालिममा प्राप्त सीपलाई व्यवहारमा उतारेर रोजगारी सिर्जना गर्न आग्रह गरे।

Ddl dental
Leave A Reply

Your email address will not be published.