बोहरा मेडिको सेन्टर

सुपको पहिलो, देशको सातौ स्थानमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरा

राहदानी अनलाईन फाराम कार्यालयमै निःशुल्क

dream cafe
learnar

डडेल्धुरा ।कार्य सम्पादनमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरा सुदूरपश्चिम प्रदेशमा पहिलो भएको छ । कार्यालयले सम्पादन गर्ने कामका आधारमा गरिने मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरा पहिलो भएको हो । नौ वटा जिल्ला रहेको सुदूरपश्चिमा समयमै र दुरुस्त काम गर्ने प्रशासन कार्यालयको रुपमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरा स्थापित भएको छ ।

देशभरका ७७ जिल्लाहरु मध्ये जिल्ला प्रशासन कार्यालय डडेल्धुरा सातौँ स्थानमा परेको छ । गत आर्थिक वर्षमा पाँचौ स्थानमा रहेको जिल्ला प्रशासन कार्यालय यस वर्ष भने सातौँ स्थानमा परेको हो । प्रदेशमा पहिलो स्थानमै रहेपनि देशभरमा दुई स्थान तल झरेको कार्यालयका नायव सुब्बा चन्द्र रोकायाले बताए ।

CNA
GBL NEW

जिल्ला प्रशासन कार्यालय डडेल्धुराले बुधबार देखि राहदानी पासपोर्टको अनलाईन फाराम कार्यालयमै निःशुल्क भर्न सुरुवात गरिएको उनले जानकारी दिए । केही दिन अधि मात्रै कार्यालयमा नयाँ आएका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले यस बिषयमा छलफल चलाएपछि कार्यालयमै अनलाईन फाराम भर्ने कामको सुरुवात भएको उनले बताए ।

यस अघि पासपोर्ट बनाउन बजारमा खोलिएका अनलाईन फाराम पसलहरुबाट फाराम भर्नु पर्ने बाध्यता स्थानीयको थियो । फाराम भर्ने पसलहरुले तीन सय देखी पाँच सय रुपियाँ सम्म शुल्क लिने गरेका थिए । अब भने प्रशासन कार्यालयमै अनलाईन फाराम भरिने उनले बताए ।
पासपोर्टका लागि कार्यालयमै निःशुल्क अनलाईन फाराम भरिने जानकारी उनले दिए । यो सेवा सुचारु गरे संगै बुधबार चार वटा फाराम भरि राहादानीका लागि सिफारिस गरिएको उनले बताए ।

Ddl dental
Leave A Reply

Your email address will not be published.