शान्तिश्री र शिवमको स्वरमा नयाँ गीत ‘राख मनैमा’, लेलेमा छायांकन

dream cafe
learnar

काठमाडौं : चर्चित गायिका शान्तिश्री परियार र गायक शिवम् भण्डारीको साङ्गीतिक सहकार्यमा तयार भएको नयाँ लोक आधुनिक गीत ‘राख मनैमा’ को म्युजिक भिडियोको छायांकन कार्य सम्पन्न भएको छ।

निर्माण टोलीका अनुसार भिडियो केही दिनभित्रै दर्शकमाझ सार्वजनिक गरिनेछ।

Ird

ललितपुरको प्राकृतिक सुन्दरताले भरिपूर्ण लेले क्षेत्रका विभिन्न स्थानहरूमा छायांकन गरिएको भिडियोमा मोडल दिवस नाथ र जुना विश्वकर्माले मुख्य अभिनय गरेका छन्।

साथै, डेढ दर्जनभन्दा बढी कोरस कलाकारको आकर्षक उपस्थितिले गीतलाई थप जीवन्त बनाएको निर्माण पक्षको दाबी छ।

HARDIK AGRo NEw

गीतको निर्देशन मौसम हिमालीले गरेका छन् भने छायांकन नवराज उप्रेतीले गरेका हुन्।

गीतको शब्द रचना दिवस नाथ र शिवम् भण्डारीले संयुक्त रूपमा गरेका हुन् भने संगीत पनि शिवम् भण्डारीकै रहेको छ।

प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको यस गीतमा श्याम स्वेत रसाईलीले संगीत संयोजन, मिक्सिङ र मास्टरिङको काम सम्हालेका छन्।

भिडियो चाँडै मोडल दिवस नाथको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिने बताइएको छ।

सङ्गीतप्रेमीहरूका लागि यो गीत नयाँ स्वाद र प्रस्तुति दिने विश्वास लिइएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.