बजेट निर्माणमा जुट्यो सुदूरपश्चिम सरकार

dream cafe
learnar

कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट तर्जुमा कार्यलाई तीव्रता दिएको छ।

GBL NEW

सोहीअनुसार बुधवार मुख्यमन्त्री कमलबहादुर शाहले सरकारका मन्त्री, राज्यमन्त्री, प्रदेश नीति तथा योजना आयोगका पदाधिकारी र सचिवसँग छलफल गरेका हुन्।

बोहरा मेडिको सेन्टर

सो अवसरमा मुख्यमन्त्री शाहले प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने नीतिगत सुधार र प्राथमिकता क्षेत्र पहिचान गर्न निर्देशन पनि दिए।

उनले १५ दिन भित्र प्रतिवेदन तयार पारेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्न मातहत मन्त्रालयलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.