
कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट तर्जुमा कार्यलाई तीव्रता दिएको छ।

सोहीअनुसार बुधवार मुख्यमन्त्री कमलबहादुर शाहले सरकारका मन्त्री, राज्यमन्त्री, प्रदेश नीति तथा योजना आयोगका पदाधिकारी र सचिवसँग छलफल गरेका हुन्।
सो अवसरमा मुख्यमन्त्री शाहले प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने नीतिगत सुधार र प्राथमिकता क्षेत्र पहिचान गर्न निर्देशन पनि दिए।
उनले १५ दिन भित्र प्रतिवेदन तयार पारेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्न मातहत मन्त्रालयलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।
