उग्रतारा मावि पोखराद्वारा प्रअ साउँदको उपचारमा २८ हजार बढी सहयोग

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका-७ पोखरास्थित रहेको उग्रतारा   माध्यामिक विद्यालयले प्रधानाध्यापक शेरबहादुर साउँदको उपचारमा आर्थिक सहयोग गरेको छ।

अमरगढी नगरपालिका–८ टाँटरस्थित भागेश्वर माविका प्रअ साउँदको उपचारमा उग्रतारा माविले आर्थिक गरेको हो।

Ird
HARDIK AGRo NEw

उग्रतारा माविका शिक्षक तथा कर्मचारीहरूले साउँदको उपचारमा २८  हजार ८ सय ५५ रुपैयाँ सहयोग गरेको विद्यालयले जनाएको छ।

साउँद काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा आईसीयुमा उपचाररत छन्। उनको सफलताका साथ पहिलो शल्यक्रिया सम्पन्न भइसकेको छ।

उच्च रक्तचापका कारण साउन २९ गते बिहान प्रअ साउँद बिरामी परेका थिए। लगत्तै उनलाई जिल्ला सदरमुकामको डडेल्धुरा अस्पताल लगिएको थियो। यहाँ उपचार सम्भव नभएपछि साउँदलाई सोही दिन काठमाडौं लगिएको थियो।

पारिवारिक स्रोतका अनुसार प्रअ साउँदलाई अझै केही महिना अस्पतालमै भर्ना गराई उपचार गराउनुपर्ने भएकाले आर्थिक समस्या आइलागेको हो। उपचारमा लाखौं खर्च लाग्ने भएकाले सहयोग गरिदिन उनकी श्रीमती लक्ष्मीकुमारी ऐरले सबैलाई आग्रह गरेकी छन्।
सहयोग गर्न निम्न खातामा रकम जम्मा गर्न सकिनेछ
Account Name : Laxmi Kumari Ayer (Global IME Bank Dadeldhura Branch)
Account No : 1908010001514
Contact No : 9848805212 , 9848733414 & 9868554770

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.