१२ कक्षाको परीक्षामा सहभागी शिक्षकमाथि कारबाही गर्ने डडेल्धुरा शिक्षक महासंघको निर्णय

dream cafe
learnar

डडेल्धुरा :  नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति डडेल्धुराले कक्षा १२ को परीक्षामा शिक्षक तथा विद्यालय कर्मचारीहरू सहभागी नहुने निर्णय सार्वजनिक गरेको छ।

महासंघको नेतृत्वमा विगत २० दिनदेखि काठमाडौं कोटेश्वरमा आम शिक्षक हड्ताल र आन्दोलन जारी रहेको सन्दर्भमा आन्दोलनप्रति सरकारले देखाएको उपेक्षात्मक व्यवहारको विरोधस्वरूप यस्तो निर्णय गरिएको जनाएको छ।

बोहरा मेडिको सेन्टर
GBL NEW

राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि सञ्चालन गर्न लागेको कक्षा १२ को परीक्षामा कुनै पनि प्रधानाध्यापक, शिक्षक वा विद्यालय कर्मचारी सहभागी नहुने स्पष्ट गरिएको छ।

महासंघले आन्दोलन स्थगन नभएसम्म परीक्षा सञ्चालनमा सहभागी हुने कर्मचारीमाथि कारबाही हुने चेतावनीसमेत दिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.