कपाल काट्दा मेयरलाई गर्मी भएपछि सैलुनलाई एसी उपहार

dream cafe
learnar

काठमाडौं : हेटौँडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामामाथि राज्य कोषको रकम जथाभावी खर्च गर्न खोजेको आरोप लागेको छ।

एक सैलुनलाई सरकारी रकममा एसी र इन्भर्टर दिन लागेको भन्दै मेयर आलोचनामा परेकी छन्।

बोहरा मेडिको सेन्टर

बताइएअनुसार केही दिनअघि शीतलमहल चोकमा खुलेको द नाइन्टिन सैलुनको उद्धघाटन गर्न पुगेकी उनले कपालसमेत कटाएकी थिइन्।

GBL NEW

कपाल काट्दा काट्दै गर्मी भएपछि उनले एसी र इन्भर्टर उपलब्ध गराउने वाचा गरिन्।

त्यसैको लागि मेयर लामाले रकम निकाशा गर्न तोकआदेश दिएपछि आलोचना शुरु भएको हो।

मेयरले आफू निकटका व्यापारीलाई सरकारी बजेटमै एसी र इन्भर्टर दिन लागेको तर, अन्य पूर्वनिर्धारित योजना सम्पन्न गर्न नसकेको स्थानीयको भनाई छ।

सैलुनका सञ्चालक सुसन घलानले हिजो मेयर लामालाई बुझाएको निवेदन पनि सामाजिक सञ्जालमा भाइरल छ। जसमा मेयरले ‘सैलुनमा गर्मी धेरै छ, म एसी जडानको लागि सहयोग गर्छु’ भनेको उल्लेख छ।

मेयरले भनेअनुसार आफूले निवेदन दिएको घलानले बताएका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.