नेपाल प्रहरीका ६ जना डीआईजी एआईजीमा बढुवा सिफारिस

Alital gaupalika
Jaladhar

डडेल्धुरा : सरकारले नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस गरेको छ।

Ghatal Sta

बढुवा समितिको बैठकले ६ जना डीआईजीहरू क्रमशः चन्द्र कुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरी शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज केसीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।

प्रहरी नियमावली अनुसार बढुवा समितिको अध्यक्षमा गृह सचिव, सदस्य सचिवमा प्रहरी महानिरीक्षक र सदस्यमा प्रधानमन्त्री कार्यालयका सचिव रहने व्यवस्था छ।

बढुवा समितिको बिहीबार बसेको बैठकले ६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो। अब मन्त्रिपरिषद् बैठकले बढुवा निर्णय गर्नेछ।

Ddl dental
kirsi Gyan
Jalsrot
Leave A Reply

Your email address will not be published.