सुदूरपश्चिममा रास्वपाको इन्चार्जमा हरि ढकाल

dream cafe
learnar

डडेल्धुरा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठन सुदृढीकरण तथा आगामी महाधिवेशनको तयारीलाई प्रभावकारी बनाउने उद्देश्यले सुदूरपश्चिम प्रदेशको इन्चार्जमा हरि ढकाललाई नियुक्त गरेको छ।

वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बिहीबार बसेको केन्द्रीय समिति बैठकले सातै प्रदेशका लागि इन्चार्ज तोक्ने निर्णय गरेको हो।

बोहरा मेडिको सेन्टर
GBL NEW

सो निर्णयअनुसार सुदूरपश्चिम प्रदेशमा हरि ढकालले पार्टीको नेतृत्व गर्ने जिम्मेवारी पाएका हुन्।

रास्वपाले ढकालसँगै अन्य प्रदेशहरूमा पनि इन्चार्जहरू तोकेर संगठनात्मक गतिविधिहरूलाई अझ सक्रिय बनाउने योजना अघि सारेको छ।

बैठकले कोशी प्रदेशको इन्चार्जमा सन्तोष परियार, मधेस प्रदेशमा मनिष झा, बागमती प्रदेशमा लिमा अधिकारी, गण्डकी प्रदेशमा शिशिर खनाल, लुम्बिनी प्रदेशमा विपिन कुमार आचार्य रकर्णाली प्रदेशमा गणेश पराजुलीलाई नियुक्त गरेको छ।

पार्टीले नयाँ इन्चार्जहरूले प्रादेशिक र जिल्ला तहमा पार्टीको संरचना बलियो बनाउने र महाधिवेशनको तयारीमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा राखेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.