दुर्गा प्रसाईं भारतमा पक्राउ, नेपाल ल्याउने तयारी

dream cafe
learnar

डडेल्धुरा : चैत १५ गते काठमाडौँको तीनकुनेमा हिंसात्मक प्रदर्शनको नेतृत्व गरेका दुर्गा प्रसाईं भारतको आसाम राज्यमा पक्राउ परेका छन्।

प्रहरीले उनी भारत भागेको सुराकी पाएपछि निगरानी बढाउँदै लोकेसन पत्ता लगाएको थियो।

GBL NEW

प्रहरी स्रोतका अनुसार, उनलाई काकडभिट्टा नाका हुँदै नेपाल ल्याउने तयारी भइरहेको छ।

प्रसाई प्रहरी सम्पर्कमा पुगेको परिवारले पुष्टि गरे पनि उनी पक्राउ नभई स्वयं सुरक्षाका लागि आत्मसमर्पण गरेको दाबी गरिएको छ।

उनीसँगै भागेका सहयोगीहरू भने आफैँ नेपाल फर्कंदै छन्।

तीनकुने घटनामा २ जनाको ज्यान गएको थियो भने ठूलो तोडफोड, आगजनी र लुटपाट भएको थियो। फरार भएपछिसमेत प्रसाईले सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गरेका थिए।

 

Ddl dental
Leave A Reply

Your email address will not be published.