आईजीपीलाई प्रसाईंको चुनाैती : वकिल र मानव अधिकारवादीको रोहवरमा कुरा गर्ने भए सार्वजनिक हुन्छु

dream cafe
learnar

काठमाडौँ : चैत १५ गतेदेखि प्रहरीले भेट्टाउन नसकेका व्यवसायी दुर्गा प्रसाईँले प्रहरीलाई नै चुनौती दिएका छन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो अपलोड गर्दै प्रसाईँले आफूसँग वकिल र मानव अधिकारवादीको रोहवरमा कुरा गर्ने भए आफू २४ देखि ३६ घण्टाभित्र सार्वजनिक हुने घोषणा गरेका हुन्।

बोहरा मेडिको सेन्टर

‘मलाई खोज्नु पर्दैन। म आईजीपीलाई यहीँबाट भन्छु, म तपाईँलाई राम्रोसँग चिन्दछु, तपाईँ राम्रो क्याडर हो। मैले तपाईँलाई के भन्न चाहान्छु, तपाईँले यो जिम्मेवारी लिनुहुन्छ र ५/५ जना वकिल र मानव अधिकारवादी रोहबरमा तपाईँले कुरा गर्नुहुन्छ भने म यो सम्बोधन आएको २४ घण्टादेखि ३६ घण्टाभित्र सार्वजनिक हुन्छु।’

GBL NEW

त्यस्तै उनले तीनकुने घटनामा ज्यान गुमाएका २ जनाको परिवारलाई ५/५ लाख दिने घोषणा समेत गरेका छन्।

चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनको कमाण्डर रहेका प्रसाईँले प्रहरीको ब्यारिकेट समेत तोडेर निषेधित क्षेत्रतर्फ अघि बढाएका थिए।

केही दुरी पर लगेर गाडी रोकेका प्रसाईँ प्रदर्शनस्थलतर्फ फर्किएका थिए। पछि आन्दोलन हिंसात्मक बन्दै गएपछि उनी फरार भएका थिए।

त्यसयता प्रहरीले उनको चौतर्फी खोजी गरिरहेको छ। उनी भने सामाजिक सञ्जालमा भिडियो हालेर प्रहरीलाई नै चुनौती दिइरहेका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.