रविलाई पक्रिन गएका डीएसपीले अन्तिम इच्छा सोधेपछि…

dream cafe
learnar

काठमाडौं : उच्च अदालतको आदेश आएको केही बेरमै रवि लामिछानेलाई पक्राउ गर्न पुगेको प्रहरीले उनको अन्तिम इच्छा सोधेपछि विवाद भएको छ।

शुक्रबार साँझ साढे ७ बजे उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएपछि उनलाई पक्राउ गर्न गएको प्रहरी टोलीले उनको अन्तिम इच्छा सोधेपछि केही समय विवाद भएको थियो।

Bohora madico

अदालतको लिखित आदेशको प्रति विना नै रविको बेडरुमसम्म पुगेको प्रहरीले त्यहीँबाट फोनमा लिखित आदेश मगाएका थिए।

रविले पक्राउ पुर्जी प्रहरीले त्यहिँ लेखेर दिएका थिए।

HARDIK AGRo NEw

पक्राउका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेत, एसपी मनोहर भट्ट, डिएसपी दिपक खड्का लगायत पुगेका थिए।

पक्राउको क्रममा डिएसपी खड्काले अन्तिम इच्छा पूरा गर्न दिने भनेर बताएपछि विवाद भएको हो।

कतै प्रहरीले पक्राउ गरेर ‘इन्कान्टर’ गर्न त खोजेको होइन भनेर रविका सहयोगीले उनीमाथि प्रश्न गरेका थिए।

पछि खड्काले पक्राउ पर्नुअघि वकिलसँग सल्लाह गर्ने लगायत अन्तिम तयारीका लागि आफूले त्यसो बताएको भन्दै प्रष्टिकरण दिएका थिए।

अहिले उनले अन्तिम इच्छाबारे सोधिएको भिडियो सामाजिक सञ्चालमा भाइरल छ।

उपस्थिति हुने बताउँदा पनि अदालतको आदेशलगत्तै राति आएर पक्राउ गरेकोमा रवि आफैँले पनि असन्तुष्टि जनाएका छन्।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.