बोहरा मेडिको सेन्टर

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय तीन सातादेखि निमित्तको भरमा

dream cafe
learnar

डडेल्धुरा : सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय तीन सातादेखि निमित्त प्रमुखको भरमा सञ्चालन हुँदै आएको छ।

प्रहरी संगठनभित्र बढुवा प्रक्रियामा देखिएको ढिलाइका कारण प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी प्रकाश मल्लले सम्हालिरहेका छन्।

CNA

प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापा नियुक्त भएको तीन साता पुग्न लाग्दा पनि डिआइजीको बढुवा प्रक्रिया अघि नबढ्दा सुदूरपश्चिम मात्र होइन, कर्णाली र गण्डकी प्रदेश प्रहरी कार्यालय पनि नेतृत्वविहीन बनेका छन्।

बढुवा रोकिँदा प्रभाव
नेपाल प्रहरीको प्रधान कार्यालयमा कार्यरत १६ डिआइजीहरू एआइजी बढुवाको प्रतिस्पर्धामा रहेका कारण प्रदेशमा डिआइजी पठाउन ढिलाइ भइरहेको छ।

गृह मन्त्रालयले तत्काल निर्णय नगरेका कारण सुदूरपश्चिममा स्थायी नेतृत्वको अभाव देखिएको छ।

GBL NEW

प्रदेशमा डिआइजीको अभावले सुरक्षा प्रशासनको कार्यसम्पादनमा असर परेको बताइन्छ।

महत्वपूर्ण निर्णयहरू लिने र नीति निर्माण गर्ने तहमा स्थायित्व नहुँदा सुदूरपश्चिममा शान्ति सुरक्षासँग सम्बन्धित महत्वपूर्ण विषयहरू अन्योलमा परेका छन्।

बढुवासँगै सरुवा प्रक्रियामा समेत समस्या देखिएको छ। प्रहरी प्रधान कार्यालयमा मापदण्ड संशोधनको बहस चलिरहेकाले एसपीहरूको सरुवा रोकिएको हो।

यो विवादका कारण एक दर्जन जिल्लाहरूमा १४ महिनासम्म पनि एसपी परिवर्तन हुन सकेका छैनन्।

सुरक्षा व्यवस्थामा देखिएको यो अप्ठ्यारो चाँडो समाधान नगरे शान्ति सुरक्षामा असर पर्ने चिन्ता बढेको छ।

प्रहरी संगठनलाई चुस्त बनाउन गृह मन्त्रालयले शीघ्र निर्णय लिनुपर्ने आवाज बलियो बन्दै गएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.