डडेल्धुरा । डिभिजन वन कार्यालयले असार महिनामा कर्मचारीका नाममा रहेको पेस्की रकम काम गर्न नसकेपछि नेपाल सरकारलाई फिर्ता पठाउने भएको छ । आर्थिक वर्ष २०७९÷८० मा डिभिजन वन कार्यालयले सङ्घीय सरकारको ससर्त अनुदान अन्तर्गत २० लाख रुपियाँ लागतमा वन कार्यालयले अमरगढी पार्क बाहिर रहेको गोरक्षनाथ मन्दिरमा ध्यान केन्द्र भनेर टहरा र शौचालय निर्माण थालेको छ । यस्तै उग्रतारा मन्दिर परिसरमा घेरबार तथा उद्यान निर्माणका लागि २० लाख रुपियाँ भए पनि काम गर्न नसक्दा रकम फ्रिज भएको छ ।
वन अधिकृतहरुको नाममा रहेको पेश्की रकम अनुसार काम हुन नसक्दा सो रकम कानुनी प्रक्रिया पुगाएर रकम फर्ता पठाइने एकजना वन अधिकृतले बताउनुभयो । जिल्ला वन कार्यालयका प्रमुख रामविचारी ठाकुरका अनुसार वृक्षरोपणको काम पूरा गर्न पर्याप्त वर्षा आवश्यक पर्ने भएकाले असार महिनामा पेस्की झिकेर अलिकति लचिलो गरिएको हो ।
केही रकम भने काम गर्न नसकेर फ्रिज गएको उहाँले बताउनुभयो । उहाँले वन अधिकृतहरुको काममा लापरवाही रहेको बताउनुभयो । सम्झौता अनुसार हुन नसकेको काम वाफतको रकम नियपुर्वक फिर्ता हुने उहाँले बताउनुभयो ।
डिभिजन वन कार्यालय डडेल्धुराको भवन निर्माणका लागी १३ लाख रुपियाँको डीपीआर तयार पारेको भएपनि भवन निर्माणका लागि आएको रकम फ्रिज भएको उहाँले बताउनुभयो ।