दार्चुला र कञ्चनपुरसहित यी ६ जिल्लामा फेरिए सीडीओ

Alital gaupalika
Jaladhar

डडेल्धुरा : गृह मन्त्रालयले कञ्चनपुरसहित ६ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी(सिडिओ) खटाएको छ ।

त्यहाँ कार्यरतलाई मन्त्रालयमा सरुवा गरी मन्त्रालयबाट पाँच सहसचिव र एक उपसचिवलाई सिडिओमा खटाइएको छ।

Ghatal Sta

कञ्चनपुर, स्याङजा, प्यूठान, लमजुङ, अर्घाखाँची र दार्चुला जिल्लाका सिडिओको सरुवा भएको हो।

कञ्चनपुरमा सहसचिव लक्ष्मण ढकाल, प्यूठानमा दीपकराज नेपाल, अर्घाखाँचीमा वेद प्रसाद खरेल, स्याङजामा ईश्वरी प्रसाद अर्याल, लमजुङमा माधव प्रसाद खरेल खटाइएको छ ।

दार्चुलामा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा कार्यरत अनिल पौडेललाई सिडिओमा खटाइएको छ।

कञ्चनपुरका नारायण प्रसाद सापकोटा, स्याङजाकी सुनिता नेपाल, अर्घाखाँचीका बाबुराम अर्याल, लमजुङका बुद्ध गुरुङ, प्यूठानकी रमा आचार्य सुवेदी र दार्चुलाका यज्ञराज जोशीको गृह मन्त्रालयमा सरुवा गरिएको छ।

Ddl dental
kirsi Gyan
Jalsrot
Leave A Reply

Your email address will not be published.