बोहरा मेडिको सेन्टर

नेपाल सुपर लिग: लुम्बिनीमाथि धनगढी एफसीको शानदार जित

dream cafe
learnar

काठमाडौँ : नेपाल सुपर लिगअन्तर्गत आफ्नो पहिलो खेलमा धनगढी एफसीले शानदार सुरुवात गरेको छ।

मंगलबार भएको खेलमा धनगढी एफसीले बुटवल लुम्बिनीलाई ४-१ ले हरायो।

CNA

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इन्जुरी समयमा २ गोल गर्दै धनगढीले फराकिलो जित निकालेको थियो। लुम्बिनीले यसअघि झापा एफसीसँग गोलरहित बराबरी खेलेको थियो। धनगढीको जितमा हिजालीले २ गोल गर्दा कृतीशरत्न छुन्जु र सर्जियो बार्बोजुले समान एक-एक गोल गरेका थिए।

GBL NEW

लुम्बिनीका केन्टा हाराले एक गोल फर्काएका थिए। खेलको छैटौं मिनेटमै हिजाजीको गोलमार्फत धनगढीले अग्रता लिएको थियो। आकर्षक गोल गर्दै अग्रता बनाएको धनगढीविरुद्ध ३१औं मिनेटमा केन्टाले गोल गर्दै खेल बराबरीमा ल्याए।

७५ औं मिनेटमा कृतीशरत्नले अग्रता दोब्बर बनाउँदै टिमलाई तीन अंकतर्फ अग्रसर गराएका थिए। कप्तान देवेन्द्र तामाङले मिलाइदिएको पासमा उनले सुन्दर गोल गरेका थिए।

त्यसपछि अधिकांश समय धनगढीले २-१ को अग्रता बनाए पनि ९ मिनेट थप गरिएको इन्जुरी समयमा उसले २ गोल गर्न सफल भयो। इन्जुरी समयको छैटौं मिनेटमा हिजाजीले व्यक्तिगत दोस्रो गोल गरे।

खेल सकिन केही सेकेन्ड बाँकी रहँदा सर्जियोले अर्को गोल थप्दै टिमलाई ४-१ को फराकिलो जित निश्चित गरे।

Ddl dental
Leave A Reply

Your email address will not be published.