वार्षिक परिक्षापछि फुर्सदिला बनेका शिक्षकले काठमाडौंमा सडक तताउने

dream cafe
learnar

काठमाडौं : देशभरका शिक्षकहरु राजधानी आउन थालेका छन्। लामो समयदेखि विद्यालय शिक्षा ऐन जारीको माग गर्दै आएका उनीहरुले भोलिदेखि अनिश्चितकालीन सडक आन्दोलन गर्न लागेका हुन्।

देशभरका करिब चार लाख शिक्षक आन्दोलनमा सहभागी हुने नेपाल शिक्षक महासंघले जनाएको छ।

आन्दोलनकारी शिक्षकहरुलाई अनिवार्य विद्यालय पोशाक पहिरिन निर्देशन दिइएको छ। भोलि माइतीघरमा भेला भएर नयाँ बानेश्वरसम्म जुलुस निकाल्ने उनीहरूको तयारी छ।

महासंघले आन्दोलनकारीहरुका लागि छ बुँदे निर्देशन समेत जारी गरेको छ।

अजयमेरु फाैजी केरा

माइतीघर मण्डलाबाट नयाँ बानेश्वरतर्फ क्रमश कोशी, बागमती, मधेश, कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका शिक्षकहरुलाई लहर मिलाएर उभिन भनिएको छ।

आन्दोलन परिसरमा रहेका बोट विरुवाको संरक्षण गर्न एवम् कुनै भोतिक र जैविक क्षति नगर्न पनि महासंघको निर्देशन छ।

शिक्षकहरुलाई आफूले प्रयोग गरेको पानीको बोटल तथा सामाग्रीहरु जथाभावी नफाल्न पनि भनिएको छ।

एक महिनाअघि पनि शिक्षकहरुले संसदको हिउँदे अधिवेशनबाट शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शन गरेका थिए । तर आजबाट अधिवेशन अन्त्य गरिएको छ।

पछिल्लो समय मुलुकको राजनीतिक घटनाक्रमले राजधानीको सुरक्षा व्यवस्थामा चुनौती थपिएको बेला शिक्षकहरुको आन्दोलनले थप प्रभाव पार्नसक्ने कतिपयको अनुमान छ।

अहिले विद्यालयमा वार्षिक परीक्षा सकिएकाले उल्लेख्य मात्रामा शिक्षकहरु राजधानी आउने अनुमान छ।

Ddl dental
krisigyankendra new
Leave A Reply

Your email address will not be published.