डडेल्धुरा अस्पतालमा निःशुल्क स्तन क्यान्सर स्क्रिनिङ शिविर सञ्चालन हुँदै

Alital gaupalika
Jaladhar

डडेल्धुरा : अमरगढी नगरपालिका, डडेल्धुरा अस्पताल र भक्तपुर क्यान्सर अस्पतालको संयुक्त सहकार्यमा निःशुल्क प्याप स्मेयर परिक्षण तथा स्तन क्यान्सर स्क्रिनिङ शिविर आयोजना हुने भएको छ।

नगरपालिकाले जारी गरेको पत्रअनुसार, यही २०८१ चैत २४ गते डडेल्धुरा अस्पतालमा सञ्चालन हुने उक्त शिविरमा महिलाहरुले निःशुल्क स्तन क्यान्सर परीक्षण तथा उपचार परामर्श सेवाहरु प्राप्त गर्न सक्नेछन्।

Ghatal Sta

यस कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका विशेषज्ञ चिकित्सकहरुको टोली उपस्थित रहनेछ।

अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले नगरपालिकाका सबै वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरुलाई यस कार्यक्रममा आवश्यक सहयोग गर्न आग्रह गरेका छन्।

नगरपालिकाले स्वास्थ्य सचेतना अभिवृद्धि तथा स्तन क्यान्सरको प्रारम्भिक पहिचानका लागि शिविरलाई प्रभावकारी बनाउन सबैलाई सहभागी हुन अनुरोध गरेको छ।

Ddl dental
kirsi Gyan
Jalsrot
Leave A Reply

Your email address will not be published.