सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी, स्ववियु निर्वाचन अनिश्चित

dream cafe
learnar

डडेल्धुरा : आगामी २७ चैतमा सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पससहितका १५ आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति तय गरिएको छ।

तर, सुदूरपश्चिम विश्वविद्यालय स्ववियु निर्वाचन समितिको कार्यालयमा तालाबन्दी भएको छ।

बोहरा मेडिको सेन्टर

१८ चैतमा उम्मेदवारी दर्ताको पूर्वसन्ध्यामा दुई विद्यार्थी संगठनले तालाबन्दी गरेका छन्।

एकीकृत समाजवादीनिकट अनेरास्ववियू र नेकपानिकट अखिल समाजवादीले संयुक्त रूपमा निर्वाचन संयोजकको कार्यालयमा तालाबन्दी गरेका हुन्।

अनेरास्ववियू र अखिल समाजवादीले वास्तविक विद्यार्थीलाई मतदानबाट वञ्चित गराउन खोजिएको भन्दै तालाबन्दी गरेको जनाएका छन्।

GBL NEW

अनेरास्वयूका संयोजक प्रज्वल कुँवर र अखिल समाजवादीका अध्यक्ष अनिल सीले संयुक्त विज्ञप्ति जारी गर्दै निर्वाचन भाँड्नैका लागि क्याम्पस प्रशासनले बदनियत रूपमा विद्यार्थीको नाम छुटाएको आरोप लगाएका छन्।

छात्रवृत्ति पाएका विद्यार्थीको नामसमेत मतदाता नामावलीमा समावेश नहुँदा निर्वाचन स्वच्छ र निष्पक्ष हुन नसक्ने भन्दै वास्तविक विद्यार्थीलाई मतदान प्रक्रियामा समावेशको सुनिश्चितता नहुँदासम्म तालाबन्दी यथावत् रहने बताएका छन्।

अनेरास्ववियू संयोजक कुँवरले वास्तविक विद्यार्थीलाई मतदान प्रक्रियाबाटै छुटाउने कार्यको विरोधस्वरूप तालाबन्दी गरिएको बताए।

सुदूरपश्चिम विश्वविद्यालय निर्वाचन संयोजक कर्णदेव भट्टले विश्वविद्यालयका सबै संकायबाट प्राप्त नामावलीका आधारमा समितिले अन्तिम मतदाता नामावली प्रकाशन गरेको बताए। उनका अनुसार ३४ सय ६१ मतदाता नामावली टुंगो लागेको छ।

सोमबार मनोनयन दर्ताका लागि आइतबार संगठन दर्ता गरेका विद्यार्थीलाई मनोनयन पत्र दर्ताकै प्रक्रियाकै दिन तालाबन्दी गरेपछि निर्वाचन प्रक्रिया रोकिएको छ।

सुपवि स्थापनाको १४ वर्षमा हुन लागेको स्ववियु निर्वाचन तालाबन्दीले अन्योलतर्फ धकेलेको छ।

स्ववियुका लागि तीन स्वतन्त्रसहित १० विद्यार्थी संघसंगठन चुनावी मैदानमा होमिएका थिए। अहिलेसम्म अखिल क्रान्तिकारीबाट हेमराज अवस्थी र अनेरास्ववियुबाट दीपकराज अवस्थी सभापतिमा लड्ने टुंगो लागेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.