पत्रकार रजकको शरीरमा गोली भेटिएको खबर भ्रामक : नेपाल प्रहरी

dream cafe
learnar

काठमाडौँ : गत शुक्रबार राजावादीको प्रदर्शनका क्रममा मृत्यु भएका पत्रकार सुरेश रजकको शरीरमा गोली भेटियो भन्दै फैलाइएको समाचारको नेपाल प्रहरीले खण्डन गरेको छ।

राजावादीको प्रदर्शनका क्रममा भएको आपराधिक घटनाहरुका सम्बन्धमा सुक्ष्म अनुसन्धान भइरहेकाले घटनाका सम्बन्धमा सत्यतथ्य नबुझी विभिन्न सामाजिक सञ्जालमार्फत गलत एवं भ्रामक समाचार सम्प्रेषण नगर्नसमेत प्रहरीले सचेत गराएको छ।

बोहरा मेडिको सेन्टर
GBL NEW

सूचना अधिधकारी प्रहरी उपरीक्षक अपिलराज बोहराद्वारा जारी विज्ञप्तिमा गत शुक्रबार राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालद्वारा काठमाडौँको तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनका लागि पूर्वअनुमति लिएको भए पनि आयोजक एवं समर्थकहरुले विभिन्न स्थानमा हिंसात्मक घटना घटाएको जनाएको छ।

राजावादीहरूले प्रदर्शनका क्रममा तोडफोड, आगजनीलगायत घरभित्र मानिस भएकै अवस्थामा आगजनी गरी मानिसको मृत्युसमेत हुनेगरी घटाएका आपराधिक घटनाहरूको सत्यतथ्य नबुझी भ्रामक एवं गलत सूचना प्रवाह नगर्न अनुरोधसमेत गरेको छ।

यदि सत्यतथ्य नबुझी गलत समाचार सम्प्रेषण गरे प्रचलित कानुनबमोजिम कानुनी दायरामा ल्याइने व्यहोरासमेत विज्ञप्तिमा उल्लेख गरिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.