‘राजावादी यहाँ छ, सके जेल हाल’

dream cafe
learnar

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुलाई लक्षित गर्दै सत्तापक्ष दलहरुले संसदमा उनीहरुलाई जेल हाल्नुपर्छ भनेका छन्।

आइतबारको प्रतिनिधि सभा बैठकमा विपक्षीहरुले सरकारले कुलमान घिसिङ हटाएको विषयलाई लिएर विरोध जनाइरहेका थिए।

बोहरा मेडिको सेन्टर
GBL NEW

सो विरोधमा राप्रपाका सांसदहरु समेत सहभागी थिए। विपक्षीहरुले विरोध गरिरहेको समयमा नेकपा एमाले र कांग्रेसका सांसदहरु उठेर संसदमा राजावादी हुँ भन्ने समेत थुन्नुपर्छ भन्दै भनाभन गर्न थाले।

सोही समयमा विरोधमा उत्रिइरहेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन थप आक्रोशित भए। उनले छाति पिटेर भने, ‘राजावादी यहाँ छ, सके जेल हाल !’

आइतबार ढिलो गरि बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरु भनाभनमा उत्रिएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो।

बैठक स्थगित भएको एक घण्टा बित्दासमेत बैठक सुरु भएको छैैन।

Ddl dental
Leave A Reply

Your email address will not be published.