बोहरा मेडिको सेन्टर

प्रधानमन्त्रीले मलाई मार्ने योजना बनाएका छन्, म भागेको छैन : प्रसाईं

dream cafe
learnar

काठमाडौं : राजतन्त्रको पक्षमा शुक्रबार भएको आन्दोलनमा बितन्डा मच्चाएर फरार भएका दुर्गा प्रसाईले आफूलाई मार्ने योजना रहेको बताए।

सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सार्वजनिक गर्दै उनले सरकारले चैत १५ गते आफूलाई मार्ने योजना बनाएको खुलासा गरेका हुन्।

CNA

संयुक्त जनआन्दोलन समिति’ का ’जनकमान्डर’ समेत रहेका प्रसाईंले आफू नभागेको पनि बताए।

GBL NEW

‘मेरो कानबाटै गोली गएपछि सुरक्षा ब्यारिकेट तोड्न बाध्य भएँ’, उनले भनेका छन्।

उनले प्रधानमन्त्रीले नै मलाई गोली हान्ने आदेश दिएको उनको आरोप छ।

उनले भने, ‘म भागेको छैन। नेपाल छोडेर भाग्दैन। म भाग्नलाई जन्मेको होइन। म तपाईहरुको अगाडी मर्छु।’

साथै उनले कम्तिमा पाँच जनाको मृत्यु भएको बताउँदै सरकारले अन्यको विवरण लुकाएको दाबी गरे। उनले आफू काठमाडौंको एक मन्दिरमा रहेको पनि जानकारी गराए।

Ddl dental
Leave A Reply

Your email address will not be published.