पूर्वराजा ज्ञानेन्द्रलाई हुलाकमार्फत पठाइयो जरिवाना पत्र

dream cafe
learnar

काठमाडौं: काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई हुलाकमार्फत जरिवाना तोकिएको पत्र पठाएको छ।

GBL NEW

आज बिहान नगर प्रहरी बल जरिवानाको पत्र बुझाउन पूर्वराजाको निवास निर्मल निवास पुगेको थियो।

बोहरा मेडिको सेन्टर

तर पूर्वराजा शाहको सचिवालयले जरिवाना पत्र बुझ्न नमानेपछि हुलाक र इमेलबाट पत्र पठाएको महानगरका सहायक प्रवक्ता ध्रुव कुमार काफ्लेले बताए।

महानगरले हिजो सार्वजनिक सूचना मार्फत शुक्रबार राजावादीहरूले काठमाडौंमा गरेको प्रदर्शनका क्रममा फोहर र क्षति गरेको भन्दै विभिन्न शीर्षकमा ७ लाख ९३ हजार रुपैयाँ जरिवाना गर्ने जनाएको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.