प्रदेश सरकारको प्राथमिकता चिडियाखाना होइन : सांसद जोशी

dream cafe
learnar

धनगढीः सुदूरपश्चिम प्रदेशसभाका स्वतन्त्र सांसद डा. तारा जोशीले सेती प्रादेशिक अस्पताललाई माफिया अस्पतालको संज्ञा दिएका छन्।

मंगलबार बजेटबारेको छलफलका क्रममा उनले विभिन्न जिल्लाबाट आएका बिरामीहरूले सहज रुपमा उपचार नपाएको भन्दै उनले त्यसलाई माफिया अस्पतालको संज्ञा दिएका हुन्।

Ird
HARDIK AGRo NEw

उनले पटक पटक अस्पतालका विषयमा प्रश्न उठाउँदा पनि सरकारले चासो नदिएको गुनासो पोखे। प्रदेश सांसद जोशीले पूर्वाधार विकास मन्त्रालयलाई पूर्वाग्रह मन्त्रालय भन्दै व्यङ्ग्यसमेत गरेका थिए। उनले बजेट सैद्धान्तिक रूपमै गलत रहेको बताए।

सरकार आवश्यकभन्दा अनावश्यक विषयमा केन्द्रित रहेको उनको भनाइ थियो। प्रदेश सरकारको प्राथमिकतामा परेको चिडियाखाना आवश्यक नरहेको भन्दै उनले भने, ‘बाजुराको कुपोषित बालकलाई लिटो बाँडिरहेको मुख्यमन्त्रीको तस्बिरभन्दा चिडियाखानामा बाघलाई मासु खुवाउँदै गरेको मुख्यमन्त्रीको तस्बिर भाइरल हुने सम्भावना धेरै छ। त्यसैले चिडियाखाना बनाओस् सरकारले।’

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका जनता अझै पनि खानेपानीको अभावले पिल्सिरहँदा पनि सरकारले त्योअनुसारको बजेट ल्याउन नसकेको जोशीको गुनासो थियो।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.